डि ब्रुयनले जिते पिएफए बर्ष खेलाडी अवार्ड

खेलकुद

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डि ब्रुयनले प्रोफेसनल फुटबलर्स एसोसियस (पिएफए) बर्ष खेलाडीको अवार्ड जितेका छन् । डि ब्रुयनले गत बर्षको विजेता भर्जिल भ्यान डाइक, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, साडियो माने, जोर्डन हेन्डरसन र आफ्नै टोलीका साथी रहेम स्ट्रलिङलाई पछि पार्दै यो उपाधी हात पारेका हुन् । पीएफए स्थापना भएदेखि यो पुरस्कार जित्ने उनी पहिलो म्यानचेस्टर सिटीका खेलाडी हुन् ।

२९ बर्षिय डि ब्रुयनले अवार्ड हात पारेसँगै सिटीका व्यवस्थापक पेप ग्वार्डिओलालाई अवार्ड जित्न सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । ‘यो निकै ठूलो सम्मान हो । आफ्नै सहयात्री र अन्य टोलीका प्रतिस्पर्धीहरू जोसँग म सँधै मैदानमा खेल्छु, उनीहरुले नै मतदान गर्दै जिताउदा निकै आश्चर्यजनक हुने गर्छ,’ ब्रुयनले भने, ‘यो अनौंठो कुरा हो कि म पहिलो सिटी खेलाडी हुँ जसले यो उपाधि हात पारेको छ । उो अवार्ड हात पार्दा खुशी छु ।’

लिभरपुलका डिफेन्डर ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले पुरुषतर्फको युवा बर्ष खेलाडीको अवार्ड तथा म्यानचेष्टर युनाइटेडका मार्कस रासफोर्डले पीएफए मेरिट अवार्ड हात पारे । अघिल्लो दुई संस्करण लिभरपुलका भर्जिल भान डाइक र मोहमद सालाहले जितेका थिए । डी ब्रुयनले गत सिजन सिटीका लागि २० गोलको अवसर सिर्जना गर्नुका साथै १३ गोल गरेका थिए । बेथ इङ्ल्याण्डले महिला बर्ष खेलाडीको अवार्ड हात पारिन् । उनले चेल्सीलाई वुमन्स सुपर लिग र लिग कपको उपाधि जिताउन मद्दत गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *