रियलका इस्कोले पहिलो खेल गुमाउने

समाज

एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर इस्कोले नयाँ सिजनको सुरुवातको पहिलो खेल गुमाउने सम्भावना बढेको छ । प्रशिक्षणका दौरान चोट लागेपछि सेप्टेम्बर २० मा हुने रियल सोसिडाडविरुद्धको खेल उनले गुमाउने सम्भावना रहेको बताइएको छ । मंगलबार टोलीका अन्य खेलाडीसँग अभ्यास गर्ने क्रममा इस्कोको गोलीगाँठा मर्केको हो ।

चोट कारणले उनी कम्तीमा १० दिन मैदान बाहिर रहने सम्भावना छ । त्यसकारणले उनी रियले एरिनामा हुने टोलीको पहिलो खेलका लागि तयार हुने सम्भावना कम छ । स्पेनिस अन्तर्राष्ट्रियले त्यसपछि अर्को साता रियल बेटिसविरुद्ध हुने खेलका लागि भने तयार हुने आशा गरिएको छ । यसबीच, जिनेदिन जिदानको टोलीले प्रि सिजनअन्तर्गत रियो भालेकानो र गेटाफेसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ ।

इस्को पछिल्लो समय चोटका कारण लगातार राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । स्पेनको राष्ट्रिय टोलीमा पनि इस्कोले स्थान बनाउन सकेका छैनन् । अर्को वर्ष हुने युरोका लागि उनले आफ्नो दाबी प्रस्तुत गर्ने बुझिएको छ । त्यसका लागि रियल म्याड्रिडबाट नियमित स्थान बनाउन चुनौती रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *