जिदान र बेलबीच भेटघाटको सम्भावना

राजनीति

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान र स्टार ग्यारेथ बेलबीच छलफल हुने सम्भावना रहेको बताइएको छ । रियलले गत सिजन ला लिगा उपाधि जित्दा जिदानले बेललाई खासै मौका दिएनन् । रियलका कति खेलाडी अन्तर्राष्ट्रिय खेलका लागि राष्ट्रिय टोलीका साथमा छन् । त्यस्तै अनुसार बेल पनि वेल्स टिमका साथ रहेका छन् । त्यहाँबाट फर्केपछि उनले प्रशिक्षक जिदानसँग आफ्नो भविष्यका विषयमा छलफल गर्ने आशा गरिएको छ ।

बेल बुधबार टोलीको अभ्यासमा फर्केने अपेक्षा गरिएको छ । जिदान भने बेलप्रति खासै सकारात्मक देखिदैनन् । यदि उनीहरुका बीचमा नयाँ सिजनका लागि सकारात्मक छलफल भएन भने सायद बेलले अन्य क्लबको बाटो रोज्न पनि सक्नेछन् । पछिल्लो सिजन उनले रियलका लागि २२ खेल खेल्दै २ गोल गरेका थिए । सन् २०१३ मा रियल म्याड्रिड आएका बेल त्यसबेला विश्व कीर्तिमानी रकममा स्पेनी टोलीमा आबद्ध भएका थिए ।

उनलाई पछिल्लो समय पूर्व क्लब टोटेनहम हट्सपरले पनि अनुबन्ध गर्ने इच्छा देखाएको छ । तर बेलले हाल रियलमा बुझ्दै आएको तलब टोटेनहमले दिन सक्ने अवस्था छैन । अन्य क्लबले पनि उनको तलबलाई मुख्य कारण देखाइरहेका छन् । यसअघि जनवरीमा चिनियाँ क्लबले बेललाई अनुबन्ध गर्न चाहेको थियो । बेल सम्झौताबारे अन्तिम छलफलका लागि चीन पुगेर पनि जिदानको मागअनुसार फर्केका थिए । तर जिदानले उनलाई पर्याप्त अवसर नदिएपछि बेल पुन: क्लब छाड्ने स्थितिमा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *