रोनाल्डोलाई चौतर्फी प्रशंसा

खेलकुद

एजेन्सी – अन्तर्राष्ट्रिय फुटबलमा १ सय गोल पूरा गरेका पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई विश्व फुटबलका महान हस्तीहरुले प्रशंसा गरेका छन् । रोनाल्डोले स्वीडेनविरुद्ध मंगलबारको खेलमा दुई गोल गरेका थिए । रोनाल्डोले पहिलो हाफको ४५ औं मिनेटमा फ्रिकिकमा सिधै गोल गर्दै पोर्चुगलको जर्सीमा १ सयौं गोल पूरा गरेका थिए । रोनाल्डोले दोस्रो हाफमा समेत गोल गर्दै टोलीलाई २-० को जित दिलाएका थिए ।

रोनाल्डो १ सय गोल पूरा गर्ने दोस्रो पुरुष खेलाडी हुन् । उनी अब सर्वाधिक गोलकर्ता सुचिमा इरानका अली दाइभन्दा ८ गोलले पछाडी छन् । दाइले आफ्नो करिअरमा १ सय ९ गोल गरेका थिए । रोनाल्डोले १ सय गोलको आँकडा पार गरेसँगै उनलाई विश्व फुटबलका महान खेलाडीले बधाई संदेश दिएका छन् । ब्राजिलियन फरवार्ड पेलेले रोनाल्डोलाई लेखेका छन्, ‘मैले आज १ सय गोलको खुसी मनाउने सोचेको थिएँ । तर १ सय १ गोल हुन पुग्यो । बधाई छ क्रिस्टियानो, अझै धेरै सफलता हासिल गर्दै जानु ।’

इंग्ल्यान्डका फरवार्ड ग्यारी लिनेकरले भने, ‘पोर्चुगलका लागि १ सय गोल गरेका क्रिस्टियानोलाई बधाई छ । एक उत्कृष्ट खेलाडीले हासिल गरेको सानदार सफलता । उत्कृष्ट खेल ।’ ब्राजिलियन डिफेन्डर मार्सेलोले लेखेका छन्, ‘मलाई फुटबलले दिएको दाजु-भाइको सम्बन्ध । म यहाँ राष्ट्रिय टोलीका लागि १ सय गोलको बधाई दिन पाउँदा निकै खुसी छु । मलाई थाहा छ राष्ट्रिय टोलीका लागि तिमीले गरेको मिहिनेत, र यसलाई आउने दिनमा पनि जारि राख्नेछौ ।’

पोर्चुगलका पूर्व खेलाडी डेकोले भने, ‘यो दुर्लभ सफलता तिमीजस्तो सानदार खेलाडीले राखेको छ । कीर्तिमान तोड्न माहिर रोनाल्डो । यो एक अजंगको खेलाडीको करिअरमा सदाबहार क्षण हुनेछ ।’ यस्तै रियल म्याड्रिडका पूर्व कप्तान इकार कासिलासले पनि रोनाल्डोलाई १ सय गोल पूरा गरेकोमा बधाई दिए । रियल म्याड्रिड तथा ब्राजिलका पूर्व डिफेन्डर, इंग्ल्यान्डका पूर्व खेलाडी रियो फर्डीनान्डले पनि रोनाल्डोलाई बधाई दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *